Friday, October 7

ललितपुर र मोरङमा भएको आगलागीमा ३५ लाख बढीको क्षति

मोरङ । जिल्लाको रतुवामाई नगरपालिका–५ मल्दाहटोल बस्ने मोहम्मद हेलानको घरमा आगलागी भएको छ ।

आगलागीबाट २७ लाख ३० हजार बराबरको धनमाल जलेर नस्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार हेलानको घरसँगै रहेका अन्य ११ वटा घरसमेत जल्दा उक्त परिमाणको क्षति भएको हो । खाना पकाउने क्रममा हिजो आगलागी भएको हो ।

यस्तै, ललितपुर महानगरपालिका–१० ज्वागलस्थित टेलर सञ्चालक ३२ वर्षीय नवाज सरीफको दोकानमा आगलागी भएको छ ।

आइरन जोडेर सटर बन्द गरी गएकोले हिजो राति आगलागी हुँदा पसलभित्र रहेका करिब ७ लाख ९६ हजार बराबरको धनमाल जलेर नस्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!