Saturday, September 24

नयाँ दिल्लीमा चालक विना चल्ने मेट्रो रेल सेवा सुरू

नयाँ दिल्लीमा चालक रहित मेट्रो रेल सेवा सुरू भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले चालक रहित मेट्रो रेल सेवा सुरू गर्नुभएको हो । प्रधानमन्त्री मोदीले भारतको पहिलो चालकरहित मेट्रोलाई हरियो झण्डा देखाउँदै उद्घाटन गरे । यो सेवा पहिलो चरणमा ३८ किलोमिटर चल्नेछ ।

३ सय ९० किलोमिटरमा फैलिएको दिल्लीको मेट्रो सेवाले आसपासका नोएडा, गुरूग्राम, फरीदाबाद, गाजियाबाद जस्ता शहरहरूलाई जोड्छ । दिल्लीको मेट्रो भारतकै सबैभन्दा ठूलो मेट्रो सेवा हो । सन् २००२ बाट सुरू भएको मेट्रो सेवालाई पछिल्लो पटक चालक रहित बनाउन कानुन समेत संशोधन गरिएको छ ।

यसअघि कानुनमा चालकरहित रेल सेवाको प्रावधान थिएन । चालक रहित सेवा सुरू गरिएको जनाइए पनि हालका लागि मेट्रो अपरेटर रहनेछन् । केही समयपछि मेट्रोमा हुनसक्ने हरप्रकारका समस्यालाइ पहिचान गर्ने क्यामरा जडान गर्ने काम सकिएपछि भने मेट्रोबाट अपरेटरलाई हटाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!