Friday, September 30

अब काठमाडौंमा घरभाडा समायोजन हुने, व्यक्तिले भाडामा लगाउन नपाईने

काठमाडौं।

अब काठमाडौं महानगरपालिकाभित्र घर जग्गा भाडासम्बन्धी काम व्यक्तिले गर्न नपाउने भएका छन् ।

अबदेखि घर भाडा र जग्गा भाडासम्बन्धि काम कम्पनीमार्फत मात्रै हुने व्यवस्था गरिएको छ ।

महानगरका मेयर बालेन शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन् ।

आइतबार उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए ।

संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको छ ।

मेयर शाहले घरजग्गा भाडालाई व्यवस्थित गर्न सो नीति अपनाएका हुन्।

यो व्यवस्थाले काठमाडौंमा चर्किएको घरभाडा पनि केही समायोजन हुने आँकलन गरिएको छ ।

कांग्रेसबाट चुनाव लड्ने भए रवि लामिछाने, मन्त्री बन्ने पक्का! 
सक्रिय पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछाने नेपाली कांग्रेसबाट चुनाव लड्ने सम्भावना बढेको छ।

कांग्रेसले आकर्षक प्रस्ताव गरेपछि रविले कांग्रेस रोज्ने सम्भावना बढेको हो।

उनले मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्दैछन् ।

नेपाली कांग्रेसका केही नेताहरुले रविसँग विभिन्न चरणमा छलफल गरेका छन् ।

रविले वचन नदिए पनि कांग्रेसले उनलाई ‘सांसद हुँदै मन्त्री बनाउनेसम्म’ को प्रस्ताव गरेको छ।

कांग्रेसले रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ ।

निर्वाचन जिते मन्त्री नै बनाउनेसम्मको प्रतिबद्धता जनाउन कांग्रेसका केही शीर्ष नेता सकारात्मक देखिएको सोतको दाबी छ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो ।

यसपटक नेपाल रौतहटबाट निर्वाचन लड्ने सम्भावना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गरेका थिए ।

रविको मतदाता नामावली भने काठमाडौं ३ मा रहेको छ । यही कारण उनी सोही क्षेत्रबाट निर्वाचन लड्न इच्छुक छन् ।

कांग्रेसले भने पाँचदलीय गठबन्धनमै सहमति गराएर माधव नेपाललाई रौतहट छाड्ने गरी नेपालको क्षेत्रमा रविलाई उम्मेदवार बनाउँदा उपयुक्त हुने आँकलन गरेको छ ।‍

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!