Thursday, September 22

देउवाको अमेरिका भ्रमण नरोके  सरकारबाट बाहिरिने माओवादीको चेतावनी

काठमाडौ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नरोके सरकारबाट बाहिरिने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा यही असार दोस्रो साता अमेरिका जाने तयारीमा जुटेको बेला सत्तारुढ दल माओवादी केन्द्रले भने प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्नेगरि तयारी थालेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई अमेरिकाको भ्रमण रोक्न आग्रह गर्ने तयारी भएको सुझाव दिए ।

यदि आफूहरुको आग्रह प्रधानमन्त्री देउवाले बेवास्ता गरे सरकारबाट बाहिरिनेसम्मको तयारी रहेको गुरुङको चेतावनी छ ।

अहिले प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्नु उपयुक्त नहुने माओवादीको निश्कर्ष छ ।

संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि नेपालमा अमेरिकी अधिकारीहरुको उच्चस्तरीय भ्रमण भैरहेका छन् ।

यही अवस्थामा प्रधानमन्त्री देउवा पनि अमेरिका जाने तयारीमा छन् । उनको भ्रमणको तयारीमा दुवै देशले आवश्यक गृहकार्य थालिसकेका छन् ।

तर, नेपालमा भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मात्रै नभएर सत्तारुढ दलले नै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रश्न उठाउन थालेका छन्

प्रधानमन्त्री देउवाको भ्रमणको तयारी परराष्ट्र मन्त्रालय र अमेरिकी ‘डिपार्टमेन्ट अफ स्टेट’ (विदेश मन्त्रालय)ले नभएर रक्षा मन्त्रालयको तहमा अर्थात् अमेरिकी डिपार्टमेन्ट अफ डिफेन्स र नेपालको पनि रक्षा मन्त्रालयबाट भैरहेको भनेर एमाले सांसद प्रदिप ज्ञवालीले आवाज उठाएका थिए ।

ज्ञवालीले यसबारेमा सरकारले जवाफ दिनुपर्ने मागसमेत गरेका थिए । अमेरिकी सेनाका प्रशान्त क्षेत्रका प्रमुख चाल्र्स ए।

फ्लिन नेपालको भ्रमण गरेका थिए भने प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!