Monday, October 3

एसपीपी संविधानविपरित छ, यो राष्ट्रघात हो: गगन थापा

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न ।

कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने उनको भनाइ छ ।

आजको संसद बैठकमा बोल्दै थापाले एसपीपीबारे आपत्ति जनाएका हुन् ।

उनले नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न छुट नदिने उल्लेख गरे ।

थापाले भने, ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’

यो विषयमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आजै सदनमा जवाफ दिनुपर्ने थापाले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
3
+1
2
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!