Monday, September 26

दु:खद खबर-मुसिकोटमा जेसिबिले पल्टाएको ढुङ्गाले लागेर विद्यालय जादै गरेका विद्यार्थीको मृ,त्यु !

जेठ २६ गुल्मी ।

गुल्मीमा मोटरबाटो सोर्ने क्रममा पल्टिएको ढुङ्गाले लागेर विद्यालय जान लागेका एक जना विद्यार्थीको मृ,त्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा स्थानीय मैदान ठुलापोखराको ग्राभेल भएको बाटो सोर्न क्रममा ढुङ्गा पल्टिएको हो ।

निज १४ वर्षीय गगन रायमाझीको ले स्थानीय पृथ्वी माद्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै गरेको विद्यालयले जनाएको   छ ।

आज बिहान करिब ९ :३० बजे तिर ८५८ (ex) नम्बरको जेसिबिले पल्टाएको ढुङ्गाले लागेर घाइते भएका रायमाझीको जिल्ला अस्पताल तम्घास ल्याउने क्रमामा मृ,त्यु भएको बताईएको छ । घटना बारे अनुसन्धान भैइरहेको छ ।@ Gulmiupdate

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
5
+1
7
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!