Wednesday, October 5

पाँचै मन्त्री फिर्ता बोलाउने निर्णयले समाजवादीमा हलचल,यि अनुहार आउँदैछन् मन्त्रिमण्डलमा ?

काठमाडौं –

एकीकृत समाजवादीले सरकारमा सहभागी पाँचै मन्त्री फिर्ता बोलाउने निर्णयपछि नेपालको राजनीतिमा हलचल मच्चिएको छ । आइतबार स्थानीय चुनावको समीक्षा गर्न बसेको सचिवालय बैठकमा मन्त्री फेरबदलका विषयमा छलफल भएको हो।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गर्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।

एकीकृत समाजवादीबाट पाँच जना मन्त्री सरकारमा सहभागी छन्। विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,

रामकुमारी झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री छन्।

एकीकृत समाजवादीले ६ महिनाका लागि भनेर सरकारमा पठाएको थियो। समय भएकाले हेरफेरका विषयमा छलफल भएको उपमहासचिव तुलाधरको भनाइ छ।

कसलाई फिर्ता बोलाउने र कसलाई पठाउने भन्ने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। गोविन्द बन्दीबाहेक सबै मन्त्री फिर्ता हुने बुझिएको छ । मेटमणि चौधरी, कलिला खातुन, सोमप्रसाद पाण्डे मन्त्री बन्ने सूचीमा रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवाको हातमा पुग्यो नेकपा एसका नयाँ मन्त्रीको नाम – काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम हेरफेर गरेको छ ।

पार्टीको सचिवालय बैठकले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको थियो । एक पदाधिकारीका अनुसार अध्यक्ष माधवकुमार नेपालले मन्त्रीका लागि ५ जनाको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसी छन् ।  अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा फुलमन्त्री दिन लागिएको छ ।

केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको छ । पर्यटनमा श्रेष्ठ, शहरी विकासमा मेटमणी र श्रममन्त्री कुँवर बन्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!