Friday, October 7

बाग्लुङ्ग नगरपालिका वडा नम्बर १२ को लागि वडा अध्यक्षको साझा उमेदवारमा लोकनाथ शर्मा

बाग्लुङ  । आदरणीय वडाबासि सम्पुर्ण आमाबुवा,दाजुभाई तथा
दिदिबहिनिहरुमा नमस्कार 🙏🏻
#हार्दिक #अपिल

प्रतिगमनका विरुद्धको कडा संघर्षको पृष्ठभूमिमा भएको वाम-लोकतान्त्रिक चुनावी तालमेलले देशको राजनीतिक भविष्यका लागि पनि ऐतिहासिक महत्व राख्दछ भन्ने पाँच दलिय गठबन्धनको केन्द्रीय निर्णय अनुरुपनै बाग्लुङ्गका हरेक नगरपालिका,गाउपालिका र प्रत्येक वडा तहसम्म स्थानीय चुनावको लागि बाग्लुङ्गमा कायम गठबन्धनका दलहरुको सहमति,सहकार्य र आपसि समझदारीमा नै गठबन्धन भएको कुरा सर्वविविद नै छ ।

बाग्लुङ्गमा कायम गठबन्धनका दलहरुको सहमति,समझदारी अनुसार नै बाग्लुङ्ग नगरपालिका वडा १२ को वडा अध्यक्ष गठबन्धनकै एक दल राष्ट्रिय जनमोर्चालाई परेको हुदा ”सकारात्मक सोच,दृढ आत्मबल स्पष्ट योजना सहित सबैको सहकार्य सहमति-मात्र वडा तथा नगरको सम्बृद्दि” लाई मुल मन्त्र मानि कसै सङ्ग कुनै पुर्वाग्रहि भावना नराखि वडामा कायम सबै राजनीतिक दलहरुको सहमति तथा तपाईहरुकै सल्लाह सुझावलाई आत्मसात् गर्दै हरेक टोल तथा समग्र वडाको बिकास गर्ने प्रतिबद्द्ता गर्दै मैले हाम्रो वडा बाग्लुङ्ग नगरपालिका वडा न १२ अमलाचौरबाट हाम्रो पार्टि (राजमो)को निर्णय अनुसार गठबन्धनको तर्फबाट वडा अध्यक्षको रुपमा आफ्नो उमेदवारी दिएको छु।

तपाइहरुकै माया-ममता स्नेहले बिगतको स्थानिय चुनावबाट यस वडामा वडा सदस्यको रुपमा निर्वाचित भएको मैले गएको कार्यकालमा भएका गल्ति कमजोरीलाई सुधार्ने तथा राम्रो कामलाई निरन्तरता दिई गरिहाल्नुपर्ने कामको आवश्यकतालाई ध्यानमा राखि हाम्रो यस वडाको बिकासलागि सबैको सल्लाह राय-सुझावको साथ सङगै अघि बढ्ने प्रण गर्दछु ।

गठबन्धनमा कायम हरेक दलले आफ्नो वडा अध्यक्ष तथा नगरको प्रमुखमा आफु आस्थावान् पार्टीको उमेदवार होस भन्ने चाहाना हुनु स्वभाबिक भएतापनि केन्द्र तथा अन्य पालिकामा कायम समिकरण तथा समग्र राजनीतिक परिवेशलाई दृष्टिगत गरि हाम्रो वडामा पनि मेरो उमेदवारीलाई सहर्ष स्विकार गर्दै भरपुर सहयोग गर्नुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु।

एकअर्का दलको मार्गदर्शन चुनाव चिन्ह र अन्य केहि राजनैतिक मतभेद गठबन्धनमा कायम दलहरु सङ्ग एकरुपता नभएतापनि सबैको एउटै उदेश्य बिकासको बिकल्प पक्कै पनि हुने छैन ।मिल्नु ,सबैको सल्लाह सुझाव सङगै सहमति सहकार्यबाट अघि बढ्नु भनेकै सहजिकरणबाट बिकास गर्नु नै हो भन्ने मैले राम्रो सङ्ग बुझेको छु ।

तपाइहरु सबैलाई थाहा नै छ स्थानियतहको निर्वाचन स्थानिय निकायकै बिकासको लागि हो त्यसैले आदरणीय वडाबासि सम्पुर्ण आमाबुवा,दाजुभाई तथा
दिदिबहिनिहरुलाई वडामा तथा नगरपालिकामा उमेदवारी दिएका वाम लोकतान्त्रिक गठबन्धन तर्फका सम्पुर्ण उमेदवारहरुलाई आफ्नो अमुल्य मताधिकार प्रयोग गरि वडा तथा नगरको सम्बृद्दि सुनिश्चित गर्न भारी मतका साथ विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु ।

[सकारात्मक सोच,दृढ आत्मबल स्पष्ट योजना सहित सबैको सहकार्य,सहमति-मात्र वडा तथा नगरको सम्बृद्दि ]

लोकनाथ शर्मा
वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट बाग्लुङ्ग नगरपालिका वडा नम्बर १२ को लागि वडा अध्यक्षको साझा उमेदवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!