Monday, September 26

नेकपा एमालेको तर्फबाट मुसिकोट २ को वडा अध्यक्ष पदमा घिमिरे सर्वसम्मत उमेद्वार चयन !

६ वैशाख मुसिकोट, गुल्मी ।

नेकपा एमालेले पार्टिको तर्फबाट आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि मुसिकोट नगरपालिका वडा नं. २ बाट महेन्द्र घिमिरेलाइ सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।

एमाले वडा समितिको बैठकले वडास्तरमा आकांक्षिहरु मध्येबाट ४ जना उमेद्वार चयन गरेको छ भने दलित महिला सदस्य तर्फ भने छनोट प्रक्रिया जारी रहेको वताइएको छ ।

आगामी स्थानित तह निर्वाचनका लागि वडा नं. २ बाट एमालेले अध्यक्षमा महेन्द्र घिमिरे, महिला सदस्यमा जमुना खत्री त्यसैगरी खुला सदस्य तर्फ टीका थापा र हुम बहादुर नेपालीलाइ चयन गरेको छ ।

यस वडामा २०७४ सालको स्थानिय  निर्वाचनमा सवै पदमा एमालेका उमेद्वारहरु विजयी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!