Monday, October 3

एकिकृत समाजवादीले मुसिकोटका सवै वडामा उमेद्वारी दिने, वडा नं. २ मा उमेद्वार चयन  !

३ वैशाख मुसिकोट, गुल्मी ।

नेकपा एकिकृत समाजवादीले पार्टिको तर्फबाट आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि मुसिकोटका सवै वडामा उमेद्वारी दिने वताएको छ ।

एमाले सँग विद्रोह गरेर वनेको समाजवादीले गुल्मीमा आफ्ना राजनितिक गतिविधिलाइ अगाडी वढाएको छ । शुक्रबार तम्घासमा सम्पन्न एकिकृत समाजवादी जिल्ला कार्य समितिको बैठकले जिल्लाका एघार पालिकामा प्रमुख र उपप्रमुखको उमेद्वार चयन गरेको थियो ।

यसै विचमा गुल्मीको सवै भन्दा वढी मतदाता रहेको मुसिकोटमा एकिकृत समाजवादीले नगर प्रमुखको रुपमा समाजवादी गुल्मीमा संस्थापक जिल्ला अध्यक्ष समेत रहेका युवा नेता श्रीराम महतलाई अगाडी सारेको छ भने उपप्रमुख समाजवादी निकट अनेम संघकी नेतृ सावित्रा भण्डारीलाइ चयन गरेको छ ।

त्यसैगरी आज वसेको एकिकृत समाजवादीको वैठकले वडा नं. २ मा ध्रुव पछाइलाइ सर्वसम्मत वडा अध्यक्षको उमेद्वार वनाएको छ । भने खुला सदस्य तर्फ सुर्य वहादुर कामीलाइ चयन गरेको छ भने वाँकी पदका छलफल जारी रहेको भनाइ छ।

अन्य  वडामा कहिले सम्म उमेद्वारी टुँग्याउनु हुन्छ भन्ने हाम्रो प्रश्नमा नेता महतले अवका २-३ भित्रमा उमेद्वारको टुँगो लागि सक्ने वताउनु भयो ।  उहाँले आफुहरुले सवै वडाका उमेद्वारी दिने गरी तयारी गरेको वताउनु भयो ।

यद्यपी गुल्मीमा सत्ता गठवन्धनका दलहरुविच चुनावी तालमेलका लागि समेत छलफल जारी रहेको उहाँको भनाइ छ । उहाँले भन्नु भयो गठवन्धनको सम्भावना वाँकी छ गठवन्धन नभए पनि हामीहरु एक्लै चुनावमा जान तयार छौँ ।

एक्लै चुनावमा जाँदा समेत प्रमुख र उपप्रमुख सहीत केही वडामा आफुहरुले जित्ने र वाँकी वडामा सम्मानजनक स्थान हाँसिल गर्ने उहाँको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!