Tuesday, October 4

समाजवादीले गुल्मीका ११ पालिकामा टुंगायो प्रमुख र उपप्रमुख पदका उमेद्वार ! (कँहा को ?)

वैशाख २, गुल्मी ।

नेकपा एकिकृत समाजवादीले पार्टिको तर्फबाट आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि जिल्लाका  एघार वटा स्थानिय तहका लागि प्रमुख र उपप्रमुखमा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।

शुक्रबार बसेको एकिकृत समाजवादी जिल्ला कार्य समितिको बैठकले जिल्लाका दुइ नगरपालिका र नौँ वटा गाउँपालिकाका लागि प्रमुख र उपप्रमुख पदका आकांक्षिहरु मध्येबाट सर्वसम्मत उमेद्वार चयन गरेको हो ।

जिल्लाका वाह्र पालिका मध्ये चन्द्रकोट गाउँपालिकामा भोलि सम्ममा उमेद्वारी चयन भइ सक्ने समाजवादीका लुम्विनी प्रदेशका नेता श्रीराम महतले वताउनु भयो ।

आज टुंगाएका पालिका अन्तर्गत मुसिकोट नगरपालिकाको प्रमुखमा एकिकृत समाजवादीका संस्थापक जिल्ला अध्यक्ष समेत रहनु भएका युवा नेता श्रीराम महत र उपप्रमुखमा अनेम संघकी नेतृ सावित्रा भण्डारीलाई सर्वसम्मत उमेद्बार चयन गरेको एकिकृत समाजवादी गुल्मीले जनाएको छ ।

त्यसैगरी मदाने गाउँपालिका अध्यक्षमा बिक्रम जि एम, उपाध्यक्षमा आशा झाक्री, धुर्कोट गाउँपालिका अध्यक्षमा नरेशराज भण्डारी उपाध्यक्षमा प्रेमकला खनाल रहनु भएको छ ।

भने मालिका अध्यक्षमा समीर गौतम, उपाध्यक्षमा  उर्मिला घर्ती,  इस्मा गाउँपालिका प्रमुखमा मदन विश्ट, उपप्रमुखमा कमला बराल, रेसुङा नगरपालिका प्रमुखमा गणेश बि.क., गुल्मीदरवार गाउँपालिका अध्यक्षमा नगेन्द्र किरन ठकुरी,

छत्रकोट गाउँपालिका अध्यक्षमा हिमाल थापा, उपाध्यक्षमा भावना भन्डारी, रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा राम जि ज्ञवालि र कालिगण्डकी गाउँपालिका अध्यक्षमा झबी पाण्डे उमेद्वारको रुपमा चयन भएको उक्त पार्टीले जनाएको छ ।

हामी सँगको कुराकानीमा नेता महतले केन्द्रिय कमिटीको सर्कुलर अनुसार पालिकामा उमेद्वारी चयन गरिएको र  २-३ भित्रमा जिल्लाका सवै वडाहरुमा उमेद्वारी घोषणा गरिने वताउनु भयो ।

साथै उहाँले पार्टी गठवन्धन विना पनि चुनाव जान पुर्ण रुपमा तयार रहेको धारणा व्यक्त गर्नु भयो । यद्यपी गुल्मीमा सत्ता गठवन्धनका दलहरुविच चुनावी तालमेलका लागि समेत छलफल जारी रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!