Wednesday, September 28

जागिर छोडेर राजनितीमा होमिएका कंडेलको सपना : समृद्ध वडा खुसी वडाबासी !

मुसिकोट, गुल्मी । 

मुसिकोट नगरपालिका वडा नं. ९ का रामकृष्ण कंडेल शिक्षकको जागिर छोडेर राजनीतिमा होमिनु भएको छ । लामो समय देखि शिक्षण पेसामा संग्लन उहाँ हाल शिक्षण पेशा त्यागेर राजनीतिमा होमिनु भएको हो ।

कंडेल मुसिकोट नगरपालिका वडा नं. ८ मा अवस्थित श्री शारदा विद्या मन्दिर मा.वि. वामी मैदानमा शिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि पार्टीनिकट शिक्षक संगठनमा काम गर्दै आउनु भएको थियो भने हाल शिक्षक महासंघ गुल्मीको सचिव साथै नेकपा एमाले वडा नं. ९ को इन्चार्ज समेत रहनु भएको छ ।

शिक्षण पेशामा रहँदा पार्टी र जनताका लागि समय दिन सकिएन अव पुर्ण रुपमा  पार्टीमै रहेर काम गर्नेछु उहाँले भन्नुभयो । हाल उहाँ नेकपा एमालेको तर्फबाट मुसिकोट वडा नं. ९ को वडा अध्यक्ष पदको उमेद्वारको रुपमा अगाडी आउनु भएको छ ।

पार्टीको तर्फवाट उमेद्वार वन्ने योजना बनाएर जागिरबाट राजीनामा दिएर राजनीतिक फिल्डमा आएको छु,’ कंडेलले भन्नुभयो, ‘विभिन्न कालखण्डमा गरेको योगदानको बलिदानलाई शिरमा राख्न आफूले जागिरबाट राजीनामा दिएर पार्टीमा सक्रिय रहने योजनाका साथ पार्टीमा बाँकी जीवन समर्पण गर्न लागेको हुँ ।’

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यतिबेला मुसिकोटमा राजनितिक दलहरु उम्मेद्वार छनोट र घोषणामा धमाधम लागिरहेका बेला नेकपा एमालेले वडा नं. ९ मा रामकृष्ण कडेंललाई सर्वसम्मत वडाध्यक्ष पदको उम्मेदवार बनाएको हो ।

“ समृद्ध वडा, खुसी वडावासी” को चाहाना पुरा गर्न भन्दै एमालेले बैशाख ३० गते हुन गईरहेको निर्बाचनमा मुसिकोट नगरपालिका वडा नं. ९ बाट क्रमश वडा अध्यक्षमा  रामकृस्ण कंडेल (डाँसिकोट), खुला महिला सदस्य कमला खत्री(ददल्का), दलित महिला सदस्य शान्ती परियार (ददल्का), खुला सदस्य रामबहादुर गुरूङ (मौरिभिर थाप्ला) र खुला सदस्य माधब प्रसाद न्यौपाने (पाणथोक) लाइ अगाडी सारेको छ  ।

साविक अर्लाङकोट गा.वि.स.को दाँसिकोट स्थायी घर भएका कडेंल लामो समयदेखि यस क्षेत्रमा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो  ।“पार्टीले मलाई विश्वास गरेर उम्मेदवारको रुपमा सर्वसम्मत चयन गरेकोमा खुसी व्यक्त गर्दै आफु मुनपा ९ बासी जनताहरूको रोग,भोक र शोक हटाऊनको लागि जनताको साथमा रहेर काम गर्ने वताउनु भयो ‍।

नेकपा एमाले मुसिकोट नगर कमिटी सचिबालय सदस्य एवं प्रचार बिभाग प्रमुख समेत रहनु भएका कंडेल झन्डै ३० बर्ष अगाडि देखि राजनिती क्षेत्रमा प्रबेश गर्नु भएको हो ।

बिचारमा दृढ तथा ब्यवहारमा निकै शिष्ट तथा नम्र स्वभाब भएका कंडेल मुसिकोटमा सजिलै विजयी हुने एमाले मुसिकोट ९ का नेता नरेशराज खरेल वताउनु हुन्छ ।  विगतका वर्षहरु देखिनै मुनपा ९ का हरेक बिकास निर्माण कार्य सफल बनाऊनका लागि आफुले पसिना वगाएको कंडेलको दावी छ ।

उहाँले आफुले यसक्षेत्रका जनताको पीडा र मर्का बुझेकाले मतदाताले आफ्नो कामको मूल्याङ्कन गरी स्वतस्फूर्त रुपमा मतदान गर्नेमा विश्वस्त रहेको र निर्वाचित भएमा २४ घण्टा जनताको घर आगनमा रहेर काम गर्ने समेत बताउनुभयो ।

२०६४ सालमा सितापुर माध्यमिक विद्यालय अर्लाङ्कोटको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुभएका कडेंलले उक्त विद्यालयको स्वर्ण महोत्सव सम्पन्न गर्न विशेष भुमिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तै धर्म संस्कृति प्रति पनि रुची राख्ने उहाँ खड्कभूमी कालिका मन्दिर डाँसिकोटको पूननिर्माण समितिको आर्थिक समिति संयोजक रहेर भवन निर्माणको काममा समेत अग्रसर रहनुभएको छ ।

आफ्ना लागि सरकारी सेवा सुविधा प्राप्ती भन्दा पनि जनताको सारथी बन्नु महत्वपूर्ण रहेको भन्दै वडा नं. ९ लाइ नेपालकै नमुना वडा बनाऊने आफु लगायतको टिम प्रतिवद्ध रहेको वताउनु भयो ।

‘आफ्नो उम्मेद्वारी घोषणा भएसगैं जनतामा विभिन्न भ्रमहरु छर्ने प्रयास गरिएता पनि, आफ्नो उम्मेद्वारी प्रति स्थानीय नागरिकहरु निकै खुशी रहेको उहाँले वताउनु भयो ।

उम्मेद्वारी घोषणा पश्चात उहाँले अहिले मतदाताको घरघरमा भेटघाट कार्यक्रम तथा चुनावी प्रचारप्रसार कार्यक्रममा लागि सक्नु भएको छ ।आफ्नो टिमलाई बिजय गराऊनको लागि अन्य पार्टीका राम्रा राम्रा ब्यक्तिहरू समेत पार्टी प्रबेश गरिरहेको र यो क्रम समेत जारी रहेकोले आफु र आफ्नो टिमले सजिलै जित्ने दावि गर्नुभयो ।

सर्वसम्मत उम्मेद्वारी घोषणा पश्चात अत्तालिएर विभिन्न गलत सन्देशहरू मिडियामा ल्याउन विभिन्न पक्षहरु लागि परेपनि आफु अविचलित रुपमा नागरिकको सेवामा लाग्ने वताउँदै समृद्ध वडा खुसी वडाबासीको आफ्नो यात्रामा आफु  प्रतिवद्ध रहेको वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!