Thursday, October 6

नेकपा एमाले मुसिकोट २ को अध्यक्षमा घिमिरे चयन !

चैत्र २७, मुसिकोट गुल्मी ।
नेकपा एमाले वडा कमिटी मुसिकोट नगरपालिका वडा नं. २ वडा कमिटीको बिस्तारित बैठक आज मुसिकोट देउरालीमा  सम्पन्न भएको छ। वैठकले रिक्त रहेको वडा कमिटी अध्यक्षमा कृष्ण घिमिरे र उपाध्यक्षमा बाबुराम सिंह ठकुरीलाई चयन गरेको छ ।
घिमिरे पार्टीमा लामो समयसम्म योगदान पुर्याउने नेताको रुपमा चिनिएका नेता  हुन । निवर्तमान वडा कमिटी अध्यक्ष र उपाध्यक्ष समाजवादीमा गए पछी उक्त पदहरु रिक्त थिए । घिमिरे गत निर्वाचनमा आर्थिक समिती संयोजकको रुमपा काम गरेका  थिए ।
सोही वैठकले आसन्न २०७९/०१/३० गते हुने स्थानीय तहको निर्बाचनमा वडा नं. २ को निर्बाचनलाइ परिचालन गर्ने वडा स्तरिय निर्बाचन परिचालन कमिटी १५१ सदस्यीय गठन गरेको वताइएको छ।
जसको इन्चार्जमा सुरज नेपाली, संयोजक टीका थापा, सह संयोजक सुशील घिमिरे,बेल ब. र तिल बहादुर खडका रहेका छन । त्यसैगरी  सचिव जगत अधिकारी, सह सचीव राधिका घिमिरे लगायत रहेका छन ।
एमाले  मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले पार्टीको पछिल्लो अवस्था बारेमा जानकारी गराएको पार्टी स्रोतले वताएको छ । कार्यक्रममा नगर इन्चार्ज तथा नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेद्वार समेत रहेका जीवन खरेलले आफुले समग्र पालिकाको बिकास बारेमा लागि पर्ने बताउँदै  पार्टीले सर्बसहमत उम्मेद्वारको रुपमा अगाडि सारेकोमा धन्यवाद व्यक्त गरे ।
प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बिकासको बारेमा जानकारी गराउदै जनताको सेवामा समर्पित हुँदै अगाडि बढनु पर्ने, आगामी निर्वाचनमा जनताको घर दैलोमा पुगि बिकासको बारेमा बताउनु पर्ने, गठबन्धन हुँदा समेत चुनाव लड्न डराउनुले एमाले कमजोर नभएको प्रष्ट देखिएको धारणा व्यक्त गरेको स्रोतले वताएको छ ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, नगर प्रमुख पदका उम्मेद्वार जीवन खरेल, प्रदेश कमिटी सदस्य अग्निधर लोहनी, प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगरपालिका उप प्रमुख कमला शर्मा, जिल्ला सदस्य भुवन के.सी. नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले, नगर कमिटी सदस्य तथा  वडा कमिटी र टोल कमिटी सदस्य लगायतको उपस्तिथि रहेको थियो। कार्यक्रममा उपस्थित सबैले रिपोर्टिङ गरेका थिए । कार्यक्रम वडा अध्यक्ष लक्ष्मण खत्रीको सभाअध्यक्षता सम्पन्न भएको  थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!