Monday, September 26

नेकपा एमाले मुसिकोट २ का अध्यक्षले दिए राजिनामा !

चैत्र २७, मुसिकोट गुल्मी ।

नेकपा एमाले वडा कमिटी मुसिकोट नगरपालिका वडा नं. २ वडा कमिटीका नवनिर्वाचित अध्यक्षले पदबाट राजिनामा दिएको घोषणा गरेका छन ।

आज दिउसो वसेको एमालेको वैठकले रिक्त रहेको वडा कमिटी अध्यक्षमा कृष्ण घिमिरे र उपाध्यक्षमा बाबुराम सिंह ठकुरीलाई चयन गरेको थियो ।

घिमिरे पार्टीमा लामो समयसम्म योगदान पुर्याउने नेताको रुपमा चिनिएका नेता  हुन । निवर्तमान वडा कमिटी अध्यक्ष र उपाध्यक्ष समाजवादीमा गए पछी उक्त पदहरु रिक्त भएकोमा रिक्त पदहरु दिउसोको भेलाले पदपुर्ती गरेको थियो ।

घिमिरे गत निर्वाचनमा आर्थिक समिती संयोजकको रुमपा काम गरेका  थिए । दिउसो भेलाबाट सर्वसम्मत निर्वाचित घिमिरेले साँझ सामाजिक सञ्जाल मार्फत राजिनामाको घोषणा गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!