Wednesday, September 28

चैत २७ गते आइतबार, यस्तो छ आजको राशिफल !

पञ्चाङ्ग
वि.सं. चैत २७, २०७८ । ई.सं. १० अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल, उत्तरायण वसन्त । आइतबार चैत्र शुक्लपक्ष । तिथि- नवमी, २४:३९ बजे उप्रान्त दशमी । नक्षत्र- तिष्य, २८:३७ बजे उप्रान्त अश्लेषा । योग- सुकर्मा, १०:१५ बजे उप्रान्त धृति ।

करण- वालव ११:५१ बजेदेखि कौलव, २४:३९ बजे उप्रान्त वणिज । चन्द्रराशि कर्कट । आनन्दादि योग श्रीवत्स । दिनमान ३१।३६ । सूर्योदय ५:४७ । सूर्यास्त १८:२५ । रामनवमीव्रत, रामअवतार, रामयात्रा रामजयन्ती, भपु भैरव भद्रकाली रथयात्रा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा चमक र मन प्रसन्न रहला । घरमा शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!