Tuesday, October 4

नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौँ । सोमबार ७ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।

यस्तै आज देशभर थप ६ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ।

त्यस्तै, थप ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!