Sunday, October 2

पौडि खेल्ने क्रममा डुबेर मुसिकोटमा ९ वर्षिय बालकको मृ,त्यू !

चैत्र २६ मुसिकोट गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा पौडी खेल्ने क्रममा बाडिगाड नदिमा डुबेर ९ बर्षिय बालकको मृ,त्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ निबासी रत्नलाल सापकोटाका ९ बर्षिय छोरा हिरामणी सापटाको सनिबार दिउँसो पौडी खेल्ने क्रम्मा बडिगाड नदिम डुबेर मृ,त्यु भएको हो ।

मृतक सापकोटा साथिहरु सङ्ग खेल्न भनी घरबाट निस्किएका र घर नजिकैका ओम बहादुर बि.क.का छोरा अबिजित बि.क. सङ्ग पौडी खेल्न नदिम गएको परिबार श्रोतले जनकारी दिएको छ ।

पौडि खेल्ने गएका द्वय हिरामणि र अबिजित नदिमा डुबेर थाहा पाएपछि नजिकै कपडा धुँदै गरेका युवाहरुले उद्दारको लागि प्रयास गरेको तर नदिबाट बाहिरा निकाल्दा हिरामाणिको ज्यान गई सकेको र अविजित सामानय रहेको जानकारि प्राप्त भएको छ ।

अहिले उनको सबलाई पोस्टमार्टमका लागि मुसिकोट नगरपालिकाको सहयोगमा जिल्ला अस्पताल तम्घास पठाइएको वामी प्रहरी चौकीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
5
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!