Thursday, September 29

समाजवादी मुसिकोटको नगर भेला शुक्रवार वामीटक्सारमा,विश्वासी लगायतका केन्द्रिय नेता आउने !

विष्णुप्रसाद आचार्य(चकित) मुसिकोट गुल्मी – 

नेकपा एकीकृत समाजवादिद्वारा मुसिकोटमा प्रथम नगर भेला आयोजना गरिएको छ | गुल्मीको मुसिकोटमा शुक्रबार आयोजना गरिएको नगर भेला रुद्रावती वहुमुखी क्याम्पसमा हुने एकिकृत समाजवादी लुम्विनी प्रदेशका नेता श्रीराम महतले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचन नजिकिदै गर्दा मुसिकोटमा राजनीतिक माहोल ह्वात्तै बढेसंगै समाजवादीले पनि चुनाव केन्द्रित कार्यक्रम गर्न लागेको बुझिएको छ |

कार्यक्रममा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यता रहने आयोजकले बताएको छ | साथै कार्यक्रममा केन्द्रिय सदस्य गणेश खनाल सहितका नेताहरुको सहभागिता रहने छ ।

केहि समय अगाडी नेकपा एमालेबाट छुट्टिएर आफ्नो पहिचान बनाएको समाजवादी पार्टीले मुसिकोटमा रहेका आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थितिमा कार्यक्रम गर्न लागिएको छ | समाजवादी पार्टीले छोटो समयमै आम नागरिकसमक्ष आफुलाई स्थापित गराइसकेको छ |

गुल्मी जिल्लाको हकमा वर्तमान सरकारमा शहरी विकास मन्त्री समेत रहेकी रामकुमारी झाक्रीले विकास निर्माणका काममा निकै उल्लेखनीय काम र योजनाहरुमा रकम विनियोजन गर्ने काममा आफुलाई सफल साबित गरिसकेकी छन् |

केही दिन अगाडी सघन सहरी विकास कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकालाइ पचास करोड वजेट समेत विनियोजन भइ सकेको छ । अबको केहि समयमै यहि अवस्थामा काम अगाडी बढ्ने हो भने गुल्मी जिल्लाले साच्चिकै मुहार फेर्ने नेता श्रीराम महतको दाबि रहेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!