Saturday, September 24

मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो, चालक घाइते !

सिन्धुलीमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।

बुधबार बिहान काठमाडौंबाट रामेछाप जाँदै गर्दा सुनकोशी गाउँपालिका-६ घुमाउने चैनपुर नजिक बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।

मन्त्री श्रेष्ठ चढेको बा २ झ ४१२९ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२८-प ९२८६ नम्बरको मोटसाइकललाई ठक्कर दिएको हो। मन्त्री रामेछापस्थित एक कार्यक्रमको लागि जाँदै थिए।

क्करबाट मोटरसाइकल चालक घाइते भएका हुन्। घाइते हुनेमा दोलखा बैतेश्वर गाउँपालिका-८ बस्ने २५ वर्षीय कृष्णप्रसाद दाहाल छन्। उनको प्राथमिक उपचारको लागि खाल्टे पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारको लागि काभ्रेस्थित धुलिखेल अस्पताल ल्याइएको छ।

उनको दाँया हात र खुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक लामाले बताए। उनको उपचार भइरहेको छ। बोल्न सक्ने अवस्थामा छन्,’ उनले भने।

यस्तै मन्त्री र चालक अर्को गाडीमा चढेर कार्यक्रमतर्फ गइसकेका छन्। प्रहरीले गाडीलाई भने नियन्त्रणमा लिएको छ।  दु,र्घटना कसरी भएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।  ‘दु,र्घटना कसरी भएको हो भन्ने अनुसन्धान गर्दैछौं,’ लामाले भने। सेतोपाटीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!