Thursday, October 6

एक महिना अघि मृ,त्यु भएका सईको पनि बढुवा भएपछि..

काठमाडौं।

आइतबार प्रहरी हेडक्वार्टरले ४८८ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गर्‍यो।

सिफारिस सूचीको ३६३ नम्बरमा नाम थियो अर्जुन पौडेल। उनको दरबन्दी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन उल्लेख गरी बढुवाका लागि सिफारिस गरिएको थियो।

हेडक्वार्टरले यसरी नियमित बढुवा सूची अनुसार बढुवा सिफारिसमा परेका पौडेल भने एक महिना अघि नै बितिसकेका व्यक्ति हुन्।

तर, यसबारे प्रहरीले हेडक्वार्टरले कुनै जानकारी नै नपाए जसरी वढुवाको सूचीमा उनको नामसमेत समावेश गरेको छ।

मृ,त्युपछि पनि बढुवा गर्ने चलन भने प्रहरीमा नभएको होइन। तर, त्यसका लागि प्रहरी नियमावलीको दफा ३९ अनुसार बढुवा गर्नुपर्ने हुन्छ।

दफा ३९ को १ को (ग)मा मृ,त्युपछि पनि बढुवा गर्न सकिने प्रावधान छ। तर हेडक्वार्टरले आइतबार राति निकालेको बढुवाको दफा ३९ अनुसार नभई दफा ३० को ४ अनुसारको हो।

यसरी दफा ३० को ४ अनुसारको सूचीमा मृ,त्यु भइसकेका व्यक्तिलाई बढुवा गर्न मिल्दैन। प्रहरी हेडक्वार्टरको कमजोरीका कारण मृ,त्यु भइसकेका पौडेलको एक महिनापछि बढुवा भएको देखिन्छ।

सई पौडलको गत फागुन १९ गते दु,र्घटनामा परी मृ,त्यु भएको थियो। चितवनको भरतपुर महानगरपालिका–६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट सई पौडेलको मृ,त्यु भएको थियो।

राति ९ बजेतिर महेन्द्र चोकतर्फबाट आउँदै गरेको ना४त ८८२९ नम्बरको ट्याक्टरले सई पौडेल सवार ना१६ प३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सो क्रममा उनको घटनास्थलमै ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!