Monday, September 19

“गुल्मीमा एमालेका नेता आउदो चुनाबमा धुलोमा पछारिन्छन” – माधब नेपाल

गुल्मी ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले

गुल्मेली जनताले जिताएर पठाएका नेता गफाडि भएको आरोप लगाउनु भएको छ ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पार्टिको भेलालाई संबोधन गर्दै अध्यक्ष नेपालले गुल्मीबाट अहिले जितेर गएका नेताहरु केबल जनतालाई झुट्टा आस्वासन मात्रै दिने नेता भएको बताउनुभएको हो ।

कसैको नाम नलिइ अध्यक्ष नेपालले गुल्मीबाट संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरु प्रदिप कुमार ज्ञवाली र गोकर्ण बिष्ट प्रती लक्षित गर्दै यस्तो बताउनु भएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै वहांले भन्नुभयो ” म गुल्मी आएपछि यहाबाट जितेर गएका नेताको बारेमा सोधें , तिनीहरु त

आफैले पढेको स्कुल भवन जिर्ण हँुदा समेत बजेट माग नगर्ने ,चुनाबको समयमा झुटा आस्वासन दिने नेता पो रहेछन् ।”

कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा ति झुटा नेताहरुलाई धुलोमा पछार्ने दाबि गर्नुभयो ।

नेता नेपालले यो समाचार तयार पार्दा सम्म कार्यक्रमलाई संबोधन गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!