Friday, October 7

झापामा ओली जुन क्षेत्रबाट उठे पनि टक्कर दिन आएका काफ्ले को हुन् ?

काठमाडौं ।

 निर्वाचनको माहोल सुरु भएसँगै नेताहरूबीच दलबदल पनि तीव्र चलिरहेको छ ।

एउटा पार्टीका सिनियर नेता भोलि अर्को कुन पार्टीमा प्रवेश गर्छ, कसैले पत्तो पाउँदैन ।

यसैक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व ताप्लेजुङ जिल्ला इन्चार्ज

भाष्कर काफ्ले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेले लोकतान्त्रिक मूल्यमान्यता त्यागेको र पार्टीभित्र केपी ओलीको

अधिनायकवाद हाबी भएको भन्दै काफ्लेले एमाले त्यागेको घोषणा गरेका छन् ।

एमालेको हालै सम्पन्न महाधिवेशनमा काफ्लेले ओली पक्षलाई चुनौती दिएका थिए ।

पार्टीभित्र आन्तरिक एकताका लागि गरिएको प्रयत्न सफल नभएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको उनको भनाइ छ ।

एमाले विभाजनका बेला सनाखतमा अनुपस्थित भएर १० बुँदे पक्षधर बन्दै काफ्ले समाजवादीमा लागेका थिएनन् ।

एकीकृत समाजवादीले उनलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।

झापा क्षेत्र नम्बर २ का काफ्लेले आगामी निर्वाचनमा ओलीविरुद्ध चुनाव लड्ने घोषणासमेत गरेका छन् ।

‘झापामा केपी ओली जुन क्षेत्रबाट चुनाव लडे पनि उनीविरुद्ध उभिने संकल्प गरेको छु’, काफ्लेले बताएका छन् ।

झापामा ओली बलिया देखिए पनि आफ्नै पार्टीका युवा नेताको यो चुनौतीले उनलाई ठूलो क्षति पुग्ने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
7
+1
2
+1
8
+1
0
+1
1
+1
2
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!