Tuesday, October 4

पर्वतको पैयूँमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

चैत ४, पर्वत ।

पर्वतको पैयूँमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थीत सेतिखोलामा पौडी खेल्न गएका महाशिला गाउँपालिकाका

२१ वर्षिय सुनिल नेपालीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हुवासले जानकारी दिएको छ ।

सुनिलसंगै पौडी खेल्न गएका उनका साथी अन्दाजी २१ वर्षीय युवराज नेपाली घाईते भएका छन ।

महाशिला गाउँपालिका बालकोट घर भएको उनिहरु भलिबल खेल्न

पैयूँ आएको बेला पौडी खेल्ने गएको र पौडीन नजान्दा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ ।

दुबै जनालाई उपचारको लागि वालिङ स्थित गह्रौ प्राथमिक अस्पतालमा पुर्याउदा सुनिललाई अस्पतालले

मृत घोषण गरेको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरिक्षक लाल बहादुर बिकले जानकारी दिनु भयो ।

पौडी खेल्ने क्रममा डुबेर घाईते भएको युवराजलाई गह्रौ प्राथमिक अस्पताल वालिङले पोखरा रिफर गरेको छ ।

 घाईतेको स्वास्थ्यमा केही सुधार आएको समेत प्रहरी निरिक्षक बिकले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
4
+1
2
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!