Thursday, September 22

कांग्रेसमा अतिवादी चढ्यो अब एमालेसँग तालमेल गर्नु पर्छ – प्रचण्ड

काठमाडौं चैत ४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावमा माओवादीसँग

गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गरेका छन् ।

उनले प्रतिपक्षी एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बताए ।

बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं ।

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन ।’

उनले अगाडि थपे, ‘कांग्रेसका केही नेताले माओवादीसँग माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् ।

तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ ।

यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

उनले प्रधानमन्त्री देउवाल यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको बताए ।

यद्यपि, आफ्नो पार्टीले आफ्नै तागतमा चुनाव लड्ने कुरालाई प्राथमितामा राख्ने उनको भनाइ छ ।

एमालेमै फर्किए एकीकृत समाजवादीका नेताहरु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा फेरि एमालेमै फर्किएका छन् ।

पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् ।

उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए ।

बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए।

यस्तै विभाजनपछि समाजवादी राजेको नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा, विमला थापापनि एमालेमै फर्किएको एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए ।

यस्तै वीरेन्द्रनगर नगरपालिका– १० का वडा सदस्य सुनिता चौधरी पनि एमाले फर्किएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!