Tuesday, October 4

फागु पूर्णिमाको अवसरमा नेपाल टेलिकमद्वारा विभिन्न अफर सार्वजनिक

काठमाडौं चैत २

नेपाल टेलिकमले फागु पूर्णिमा (होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ।

टेलकमका प्रवक्ता शोभन अधिकारीद्वारा बुधबार जारी विज्ञप्तिमा जीएसएम मोबाइलका ग्राहकले ‘होली अफर’ उपयोग गर्न सक्ने उल्लेख गरिएको छ।

को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ ।

यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ।

अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।

*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!