Thursday, October 6

ताराखसे युवा क्लवको आयोजनामा मुसिकोटमा खुला भलिवल तथा साँस्कृतिक कार्यक्रम हुँदै !

गोविन्द कंडेल, मुसिकोट गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ मालारानी स्थित ताराखसे युवा क्लवले वृहत् भलिवल तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

आउँदो चैत्र  २७ देखी २० गते सम्म क्लवको दशौँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । विभिन्न सामाजिक काममा सक्रिय भएको यस क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको समयमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

क्लवले पोखरी तथा चौपारी निर्माण,विपन्न परिवारलाइ सहायताका अतिरिक्त विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । क्लवको दशौँ वार्षिकउत्सवको अवसरमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सङ्गै विविध साँस्कृतिक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

खुला पुरूष भलिबल तर्फ सहभागिताको लागि टिम दर्ता चैत्र  १८ गते बिहान १० बजेभित्र गरिसक्नुपर्ने छ भने फोनबाट समेत टिम दर्ता गर्न सकिने क्लबले बताएको छ ।

२,००० रुपैयाँ दर्ता शुल्क रहेको पुरुष भलिबलको प्रथम पुरस्कार ३५,००० कप, मेडल र प्रमाणपत्र  रहेको छ भने दोश्रो पुरस्कार २५,००० कप, मेडल र प्रमाणपत्र, साथै तेस्रो पुरस्कार १५,००० कप, मेडल र प्रमाणपत्र रहेको छ ।

त्यसै गरी महिला भलिवल तर्फ दर्ता शुल्क रु १,००० रहेको छ जसको  प्रथम पुरस्कार  १५,००० कप, मेडल र प्रमाणपत्र  रहेको छ भने दोश्रो पुरस्कार १०,००० कप, मेडल र प्रमाणपत्र, साथै तेस्रो पुरस्कार ५,००० कप, मेडल र प्रमाणपत्र रहेको छ ।

उत्कृष्ट, अनुशासित लगायत विभिन्न विधागत पुरस्कार समेत राखिएको क्लवका आर्थिक संयोजक एवं भलिवल खेलका प्रादेशिक रेफ्री नविन छन्तेलले वताउनु भयो ।

२०७८/११/२१ गते बसेको क्लवको बैठकले दसौं वार्षिकोत्सव मिति २०७८ चैत १७ देखि २० सम्म खुल्ला पुरुष तथा महिला भलिबल साथै विविध साँस्कृतिक सहित मनाउने निर्णय गरेको थियो ।

देश तथा विदेश रहनुहुने सम्पुर्ण सहयोगीमन,शुभचिन्तक, सबैमा कार्यक्रम भव्य अनि सभ्य तरिकाले सफल पार्नको लागि आफ्नो ठाऊॅंबाट सक्दो सहयोग गर्नपनि छन्त्यालले आग्रह गर्नुभएको छ ।

खेलका नियमहरु:- १. एक टिममा ८ खेलाडी र १ कोच गरि खेलाडी संख्या ९ जना हुनुपर्नेछ।, २. खेल FIVB र NVA को नियम अनुसार खेलाईनेछ।,

३. खेलमा अनिवार्य अगाडि पछाडि नम्बर प्रिन्ट जर्सी हुनुपर्नेछ।, ४. टिमले म्याच सुरु भन्दा ३० मिनेट अघि अफिसियल डेक्समा ग्राउन्ड रिपोर्टिङ गर्नुपर्नेछ।,

५. खेल नकआउट सिस्टमा खेलाईनेछ।, ६. खेलमा चोटपटक लागेमा प्राथमिक उपचार बाहेक अन्य खर्च सहभागी टिमले व्यहोर्नुपर्ने छ।, ७. खेलाडीलाई खानामा ८०% छुट सहित बस्नको लागि आयोजकले व्यवस्था गर्नेछ।,

८. टिम दर्ता पुरुषको लागि नगद रु २,००० लाग्नेछ भने महिलाको लागि १,००० लाग्नेछ।, ९. टिम दर्ता चैत १७ देखि १८ गते बिहान दस बजेसम्म गर्नुपर्नेछ।,

१०. ताईसेट open चैत १८ गते विहान ११ बजे गरनेछ र ताइसेट open गर्दा प्रत्येक टिमको टिम क्याप्टेन तथा टिम कोच अनिवार्य उपस्थित हुनुपर्नेछ।

थप:- जानकारीको लागि,रेफ्री संयोजक:- नवीन छन्त्याल 9848484693 आयोजक:- ताराखसे युवा क्लब,मुसिकोट नगरपालिका ८ मालारानी गुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!