Monday, October 3

मुसिकोटका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम !

सेरोफेरो नेपाल संवाददाता, मुसिकोट गुल्मी –

मुसिकोट नगरपालिका गुल्मीले नगरपालिकामा सूचीकृत भएका मेलमिलापकर्ता र वडा कार्यालयका कर्मचारीहरुको लागि सञ्चालन गरेको २ दिने मेलमिलाप सम्बन्धि तालिम एक कार्यक्रमका विच  सम्पन्न भएको छ ।

वडा – वडाबाट चयन भएर यस अघि नै ४८ घण्टे आधारभुत तालिम लिएका मेलमिलापकर्ताहरुलाई थप जागरुक गराई न्यायिक सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको थियो ।

तालिम समापनका अबसरमा वोल्दै नगर उपप्रमुख कमला शर्माले जिम्मेवार भएर सबैको जित हुने गरी न्यायिक सेवामा लाग्न सहभागीहरुलाइ आग्रह गर्नुभयो ।

उहाँले मेलमिलापकर्ताहरुको लागि न्यायिक सेवामा आवश्यक सेवा र सामाग्री प्रदान गर्ने बताउँनुभयो । उहाँले समाजमा हुने आपसी झगडा र द्वन्द व्यवस्थापनमा जनप्रतिनिधि तथा न्यायिक समितिले पनि पूर्ण रुपमा साथ दिने बतानुभयो ।

नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृले नगरपालिका कार्यालयले मेलमिलाप कार्यमा मेलमिलाप कर्तालाई पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले समाजमा हुने झैझगडा न्युनिकरण गरि सभ्य र झगडा मुक्त समाज निर्माणमा मेलमिलापकर्ताहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।

कार्यक्रममा तालिममा सहभागीको तर्फबाट मन्तव्य राख्दै मेलमिलापकर्ता सक्झना कंडेलले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा रुपान्तरण गरेर अघि बढ्ने बताउनु भएको थियो ।

वामीटक्सारमा दुइ दिन सम्म चलेको तालिममा मुसिकोट नगरपालिकाका ९ वटा वडाका १९ जना सुचिकृत मेलमिलापकर्ता, वडा सचिव र वडा कार्यालयमा कार्यरत सहायक कम्प्युटर अपरेटरहरुको सहभागीता रहेको थियो ।

तालिमको सहजीकरण जिल्ला अदालत गुल्मीका इजलास अधिकृत कृष्ण प्रसाद पाण्डे, जिल्ला अधिकृत गुल्मीका सुचिकृत मेलमिलाप कर्ता अधिवक्ता गुणानिधी शर्मा, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,

अधिवक्ता अनन्तलाल भण्डारी, नगरपालिका प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे, नगरपालिका उजुरी प्रशासक विस्नु प्रसाद खरेल लगायतले  गर्नु भएको थियो ।

न्यायिक समितिका संयोजक कमला शर्माको अध्यक्षता र नगर प्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम राजश्व शाखा प्रमुख गोविन्द कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!