Monday, September 26

मुसिकोटमा टिप्परले ठक्कर दिँदा १ जना घाइते

वामीटक्सार गुल्मी ।

गुल्मीको मुसिकोट वामीमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा १ जना घाइते भएका छन् । बुधबार मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सार बजारमा लु १ क ५०३७ नम्बरको मालबाहक टिप्परले

बिपरित दिसाबाट आएको लु ७८ प ४७५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक टेक बहादुर राहाडि घाईते भएको वामी प्रहरि चौकिका ट्राफिक प्रहरि सुनिल थापाले जानकारी दिएका छन ।

घाईते हुनेमा गुल्मी जिल्ला सत्यबति गाउपालिका वडा नम्बर २ लुम्पेक स्थाई घरभई हाल मुसिकोट नगरपालिका वडा नम्बर ७ बस्ने श्री महेन्द्र आदर्श नमुना मा.बि. वामीका शिक्षक टेक बहादुर राहाडी रहेका छन् ।

घाईते राहाडिलाई लुम्बिनि वामी हस्पिटलमा प्राथमिक उपचार गरि थप ऊपचारको लागि हटिया पठाईएको छ । मोटरसाईकललाई ठक्कर दिने टिप्परलाई भने घाईते राहाडी कै सहमतिमा बिल बुक ट्राफिक सङ्ग

रहने र उपचार पछि उपचार खर्च र मोटरसाईकल मर्मतका बिषयमा दुई पक्ष राखि छलफल गर्ने सहमतिमा टिप्पर छोडिएको ट्राफिक प्रहरि सुनिल थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!