Thursday, October 6

प्रचण्डका छोरी, ज्वाईं र स्वकीय सचिव पनि केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ।

पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाईं पनि माओवादी

केन्द्रका केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो ।

राजधानीमा जारी बैठकमा सोमवार प्रचण्डले थपिएका मध्ये झण्डै आधाजसो नाम वाचन गरेका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् ।

यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ समेत केन्द्रीय कमिटीमा समेटिएका छन् ।

यसका अलावा इन्दु शर्मा, शेख चाँद तारा, अनिल श्रेष्ठ, अशोक भेटवाल, विपिन साहलगायत पनि केन्द्रीय सदस्य बनेका छन् ।

२ सय ४६ केन्द्रीय सदस्य रहेकोमा ९७ थपेर ३ सय ४३ पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!