Thursday, September 29

आइतबार मुसिकोटमा सार्वजनिक विदा !

गोविन्द कंडेल, फागुन २० मुसिकोट गुल्मी ।

मुसिकोट नगरपालिका स्थपना दिवसको अवसरम मुसिकोट नगरपालिकाले आफु मातहतका सम्पुर्ण कार्यालय एवं विद्यालयहरुमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा नगर कार्यपालिका कार्यालयको आजको निर्णयानुसार सार्वजिका विदा दिइएको हो ।

वि.सं. २०७३/११/२२ गते मुसिकोट नगरपालिकाको स्थापना भएको थियो । स्थापनाको पाँच वर्ष पुरा भएको अवसरमा फागुन २२ गते नगरपालिकाले विशेष समारोहको आयोजना गरेको छ ।

स्थानिय सरकारको सार्वजनिक विदा सम्वन्धी अधिकारको प्रयोग गरी नगरपालिकाले स्थापना दिवसको अवसरमा विदा दिएको वताउँदै उक्त दिन नगरपालिका भरका सम्पुर्ण कर्मचारी,शिक्षक एवं सम्पुर्ण नगरवासी नागरिकहरुलाइ स्थापना दिवस मुल समारोहमा सहभागी हुन नगर प्रमुख सापकोटाले आग्रह गर्नु भयो

नगरपालिकाबाट जारी सार्वजनिका विदा सम्वन्धी सूचनाको पूर्ण पाठ यस्तो छ -सार्वजनिक विदा सम्वन्धि सूचना । – वि.स.२०७८ साल फागुन २२ गते आइतबार “मुसिकोट नगरपालिकाको पाँचौ स्थापना दिवस” को उपलक्ष्यमा यस नगरपालिका अन्तर्गतका सम्पुर्ण वडा कार्यालयहरु,

स्वास्थ्य संस्थाहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने नगरकार्यपालिका कार्यालयको मिति २०७८/११/१५ को निर्णयानुसार सम्वन्धीत सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । मितिः- २०७८/११/२०

                                                                                            

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!