Wednesday, September 21

मन्त्रीपरिषद् पुनर्गठन हुँदै, को-को बन्दै छन् नयाँ मन्त्री ?

काठमाडौं ।

शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि सत्तारुढ गठबन्धनमा सहमति भसकेको छ ।

सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केहि मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएका छन् ।

माओवादी केन्द्रले युवा तथा खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज (अथक) र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)लाई फिर्ता बोलाउने तयारी थालेको छ ।

यता एकिकृत समाजवादीले शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई फिर्ता बोलाउने भएको छ ।

जसपाले पनि केही मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।

उनीहरुले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको जनाएका थिए । काँग्रेसले पनि केही मन्त्रीलाई फिर्ता बोलाउने छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयन हुनु अगावै मन्त्री मण्डल पुनर्गठन गरिसक्ने योजनामा सत्ता गठबन्धन रहेको श्रोतको दावि छ ।

‘मन्त्रीमण्डल पुनर्गठनका बारेमा गठबन्धनको उच्च तहमा छलफल भएको छ, केहि मन्त्रीहरु हेरफेर हुनेछन् भने केहि मन्त्रालय समेत साटफेर हुन सक्छन्’, बालु्वाटार श्रोतले भन्यो ।

श्रोतका अनुसार माओवादीले अर्थमन्त्री शर्मालाई मन्त्रीबाट र्फिता गरेर पार्टी महासचिव बनाउन लागिएको माओवादी केन्द्र निकट एक नेताले बताए ।

शर्माको ठाउँमा बर्षमान पुनलाई अर्थमन्त्री बनाउने तयारीमा प्रचण्डले गरेका छन् ।

शर्माले पार्टी महासचिव नबनाए आफूलाई गृहमन्त्री बनाउन पर्ने माग राखेका छन् ।

‘उहाँको जोड पार्टीको महासचिवमै छ । तर बार्गेनिङका लागि कांग्रेसले चलाइरहेको गृह मन्त्रालयमा आँखा लगाउनु भएको छ ।’

माओवादी केन्द्रका चर्चित नेताले भने, ‘ अर्थमन्त्रालयमा राम्रो गर्न सकिन भन्ने उहाँ आफैलाई लागेको छ ।

‘अर्थमन्त्रीज्यूलाई फिर्ता बोलाएर पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेबारे शिर्ष तहमा छलफल भएको छ’, माओवादी केन्द्र निकट एक नेताले भने ।

त्यसो त केहि मन्त्रालयहरु समेत साटफेर हुने सम्भवना रहेको श्रोत बताउँछ । माओवादीलाई परराष्ट्र मन्त्रालय दिएर काँग्रेसले अर्थमन्त्रालय लिने सम्भावना समेत छ ।

त्यस्तो अवस्थामा वर्षमान पुनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ ।

डा। नारायण खड्कालाई परराष्ट्रबाट सारेर अर्थ मन्त्री बनाउनेबारे पनि छलफल भैरहेको छ । त्यसो त ज्ञानेन्द्र बहादुर कार्कीले पनि अर्थमन्त्रालयका लागि लबिङ गरिरहेका छन् ।

उता, नेकपा (एकिकृत समाजवादी)ले गतिलो मन्त्रालय पाउनुपर्ने अडान अघि सारेको छ ।

भौतिक पूर्वाधार वा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व पाउनुपर्ने माग समाजवादीले अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!