Friday, October 7

नारायणकाजी श्रेष्ठ नेतृत्वमा नयाँ पार्टी बन्दै

काठमाडौं फागुन १९

सत्ता गठबन्धनमा आवद्द माओवादी केन्द्रले संसदबाट एमसीसी पारित हुँदा संविधान र लोकतन्त्रमाथिको संकट टरेको भनेको छ ।

तर त्यही एमसीसीको विषयलाई लिएर माओवादी केन्द्रको आन्तरिक विवाद भने चर्केको छ ।

त्यतिमात्रै हैन, उसँग सहकार्यका लागि हात बढाएका केही कम्युनिष्ट घटकहरु समेत बिच्केका छन् ।

अर्थात माओवादीभित्र एमसीसीकै कारण ध्रुविकरण बढ्दै गएको छ ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पत्रकार सम्मेलन गरेर एमसीसी संसदबाट पारित हुँदा लोकतन्त्रमाथिको दुर्घटना टरेको भने पनि अहिले आफ्नै दलभित्रको विवाद चर्केको छ ।

खासगरी नारायणकाजी श्रेष्ठ नेतृत्वको पूर्व एकताकेन्द्र पक्षधर नेताहरु एमसीसी पारित गर्ने पक्षमा पार्टी उभिएकोमा असन्तुष्ट छन् ।

अझ दाहालले पत्रकार सम्मेलनमै असन्तुष्टले पार्टी छाडे फरक नपर्ने भनेपछि त यो समुह रुष्ट बनेको छ । त्यसैले दाहालले नेता श्रेष्ठलाई भेटेरै असन्तुष्ट समुहलाई फकाउने प्रयास गरिरहेका छन्।

त्यसो त १५ गते आइतबार संसदबाट एमसीसी हुँदा पूर्व एकता केन्द्र समूहका केही नेताहरुले सदनमै बिरोध गरेका थिए ।

पहिले यथास्थितिमा पारित नगर्ने भन्ने अनि अन्तिममा अध्यक्ष दाहालले आफूखुसी सहमति गरेर पारित गराएको प्रति श्रेष्ठ, लिलामणि पोखरेल लगायत संस्थापनभित्रै कतिपयले विरोध गरेका छन् ।

एमसीस‍ी पारित भएपछि माओवादी केन्द्रमा पार्टीभित्रको तिक्तता मात्रै बढेको छैन, उससँग सम्भावित सहकार्य र समिकरणमा नजिकिएका केही कम्युनिष्ट घटकहरु समेत टाढिन थालेका छन् ।

नेत्रविक्रम चन्द, मोहन बैद्य लगायतले नेतृत्व गरेका कम्युनिष्ट पार्टीलाई दाहालले धोका दिएको उनीहरुको आरोप छ ।

माओवादी केन्द्रले एमसीसी पारित गरेर सत्ता सहकार्य र गठबन्धन त जोगाएको छ ।

तर आफ्नै पार्टीभित्र बढ्दो असन्तुष्टी र अन्य कम्युनिष्ट पार्टीहरु टाढिन थालेपछि माओवादी केन्द्रलाई एकतावद्ध बनाउँदै आगामी सहकार्य गर्ने दाहालको चाहानामा समेत चुनौति थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!