Monday, September 26

विप्‍लवसँग नारायणकाजीले भने: प्रचण्डले धोका दिए, माओवादीमा बस्न गाह्रो भयो

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजीले सहमतिबीच माओवादीमा बस्न गाह्रो हुने बताएका छन् ।

एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्‍डसँग असन्तुष्‍ट रहेका नेता श्रेष्‍ठले नेकपा महासचिव विप्लवसँगको भेटमा माओवादीमा बस्न गाह्रो हुने सुनाएका हुन् ।

विप्लव निकट एक नेताका अनुसार एमसीसीमा प्रचण्‍डले धोका दिएको सुनाएका थिए ।

उनले प्रचण्डले मात्रै होइन नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालले पनि एमसीसीमा धोका दिएको सुनाएका थिए ।

‘पछिल्लो राजनीतिक अवस्थाबारे दुवै नेताबीच कुराकानी भयो,’ चन्द निकट ती नेताले भने, ‘एमसीसीमा नेतृत्वले धोका दियो ।

यसमा माओवादी नेतृत्वमात्रै होइन गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीको नेतृत्वले पनि धोका दियो । असहमतिबीच माओवादीमा बस्न गाह्रो छ भनेर श्रेष्‍ठले भन्नुभयो ।’

उनका अनुसार आगामी दिनमा सहकार्य गर्नेबारे समेत नेताद्वयबीच कुराकानी भएको थियो ।

नेकपा महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्‍टबीच धुव्रीकरण हुनुपर्ने धारणा राखेका थिए ।

विप्लवको प्रस्तावमा श्रेष्‍ठले सकारातमक जवाफ दिएको नेकपा ती नेताले बताए ।

गठबन्धनमा आवद्ध माओवादी र नेकपा एस एमसीसीको विपक्षमा थिए । अन्तिममा आएर दाहाल-नेपाल एमसीसीको पक्षमा खेलेका थिए ।

अध्यक्षद्वय एमसीसीका पक्षमा खुलेपछि दुवै पार्टीमा असन्तुष्‍टि बढेको छ । नेता श्रेष्‍ठले एमसीसी अनुमोदन भएको दिनलाई कालो दिनको रूपमा घोषणा गरेका थिए ।

नेता श्रेष्‍ठले असन्तुष्टि सार्वजनिकरूपमै पोख्न थालेपछि माओवादी अध्यक्ष प्रचण्‍डले मंगलबार निवासमै पुगेर भेटेका थिए ।

माओवादी अध्यक्ष प्रचण्‍डले असन्तुष्‍टि बाहिर छताछुल्न नपार्न आग्रह गर्दै आएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!