Thursday, September 22

एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्दै

१७ फागुन, काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।

पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा

पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यही फागुन ८ गते प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित फागुन १५ गतेको बैठकबाट अनुम‍ोदन भएको थियोे ।

त्यसअघि नै ओली नेतृत्वको सरकारको पालामा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा नेकपा एमालेले भाग लिएको थिएन ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई सभामुखले मान्यता नदिएको भन्दै बैठकमा नाराबाजी गर्दै आएको एमालेले एमसीसी अनुमोदनको दिन पनि त्यसलाई जारी राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!