Thursday, September 29

प्रधानमन्त्रीसँग चुनावी तालमेल माग गर्दै प्रचण्ड र माधव

काठमाडौं ।

गठबन्धन टिकाउन भन्दै एकाएक एमसीसीको पक्षमा देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अबको ध्यान निर्वाचन केन्द्रित हुने बताउँदै नेपाली कांग्रेससँग चुनावी तालमेलको कुरा अगाडी बढाएको छ ।

एमसीसी पास भए लगतै प्रधानमन्त्री एंव कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले सरकारको ध्यान अब निर्वाचनतिर रहेको बताएका थिए ।

प्रधानमन्त्रीले ध्यान निर्वाचनतिर भने लगतै प्रचण्ड र नेपालले गठबन्धनको तालमेल सरकारलाई मात्र नभई अब क्रमश हुने तीनै तहको निर्वाचनमा हुनुपर्ने माग राखेका छन् ।

त्यहि तालमेल हुने भन्दै एमसीसी पास गर्न सकरात्मक बनेको नेपालले प्रभानमन्त्री देउवालाई सम्झाएको स्रोत बताउँछ ।

स्रोतका अनुसार आजैदेखि प्रचण्ड र नेपाल तालमेलसहित स्थानीय तहमा लाग्नुपर्ने भन्दै देउवासँग वार्ता गर्न पर्खिरहेका छन् ।

यता प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेलले चुनावी तालमेल वारे सकरात्मक आशा देखाएपनि कांग्रेस भित्रको आवाज भने विपक्षमा रहेको छ ।

अधिकांश पदाधिकारीहरु कांग्रेस एक्लै निर्वाचनमा जानु पर्ने बताइरहँदा गठबन्धनको तालमेल निर्वाचनसम्म जान सक्ने संभावना न्युन देखिन्छ ।

शेखर कोईराला, प्रकाशमान सिंह, शशांक कोईराला, गगन थापालगायतका नेताहरु कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने जोडमा छन् ।

यता माओवादी केन्द्र र समाजवादीले भने निर्वाचनसम्म तालमेल हुने कांग्रेसले बताएपछि एमसीसी पास गर्न तयार भएको भन्दै तालमेल हुनुपर्ने माग यथावत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!