Tuesday, October 4

पल शाहविरुद्ध अर्काे बलात्कारको उजुरी

काठमाडौं ।

अभिनेता पल शाहविरुद्ध अर्की किशोरीले पनि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन्।

करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा पलले आफूलाई बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा ती किशोरीले किटानी जाहेरी दिएकी हुन्।

ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेला शाहले जबर्जस्ती करणी गरेको दाबी गरेकी छन्।

प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।

जबर्जस्ती करणको उजुरी दिन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए।

पल शाहलाई प्रहरीले हिरासतमा लियो

जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ ।

उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।

उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकामा नै उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो ।

तर, पल शाहले आफू स्वमं जिल्ला प्रहरी कार्यालय, तनहुँमा गएर हाजिर हुन तयार रहेको बताएपछि प्रहरीको निगरानीमा नै उनी आइतबार तनहुँ पुगेका थिए ।

१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

फेसबुकमार्फत अभिनेता शाहले आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केहि ढिला भएको भन्दै आइतबार आफैं प्रहरी सामु उपस्थित हुने बताएका हुन् ।

उनले लेखेका छन्‚ ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!