Tuesday, October 4

प्रचण्ड एमसीसीको पक्षमा लागेपछि माओवादी नेताले भने– म पनि अब एमालेमा लागेँ

धनगढी फागुन १५

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले

व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।

माओवादी परित्याग गर्दै बोहोराले लेखेका छन्– प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै मैले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा समाहित भएको घोषण/जानकारी गर्दछु ।

सदनमा एमसीसी : व्याख्यात्मक घोषणा पेस गर्न देव गुरुङको माग

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दलहरूले गर्ने भनेको व्याख्यात्मक घोषणालाई संसदमा पेस गर्नुपर्ने माग गरेका छन् ।

व्याख्यात्मक घोषणा अमेरिकलाई स्वीकार्य हुने-नहुनेबारे अझै प्रष्ट नभएको भन्दै गुरुङले संशय व्यक्त गरिए ।

‘संशोधनबिना अगाडि बढाउनु हुँदैन भन्ने हाम्रो पार्टीको धारणा हो,’ गुरुङले भने, ‘व्याख्यात्मक घोषणा हुने भनिएको छ ।

यद्यपि यो अझैं आइसकेको छैन । संशोधनको प्रावधान पनि राखिएको देखिँदैन ।’

गुरुङले थपे, ‘दुईपक्षीय आधारमा संशोधन हुने हो । हाम्रो घोषणा एमसीसीलाई स्वीकार्य हुन्छ कि हुँदैन भन्ने हो । त्यो एमसीसीले स्वीकार गर्छ भने सकरात्मक हुन्छ ।’

घोषणा संसदमा पेस गर्न माग गर्दै गुरुङले संशोधनलगायतका प्रक्रियाहरू पनि राख्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!