Monday, October 3

व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न हुदैन – महरा

काठमाडौं फागुन १५

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु गम्भीर आपत्तिको विषय भएको बताएका छन् ।

आज विहान खुमलटारमा बसेको माओवादी केन्द्रको बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको छ ।

तर, यसमा पोखरेलले फरक मत राखेका छन् ।

पोखरेलले माओवादी केन्द्रले एमसिसी पारित गर्ने विषयमा समर्थन गर्न नहुने अडान राख्दै आएका थिए ।

उनले यसले राष्ट्रलाई थप धोका हुने र नोक्सान हुने प्रतिक्रिया दिएका छन् ।

महराको पनि आपत्ति

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाएका छन् ।

व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उनको अडान छ ।

माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमसीसी पारित गर्ने निर्णय भएसँगै महरासहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेलले पनि विरोध गरेका छन् ।

यसअघि पनि पूर्व सभामुख समेत रहेका एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नरहेको बताएका थिए ।

आजको बैठकमा केही नेताले भने एमसीसी पास गर्नुअघि संसदमा संकल्प प्रस्ताव ल्याइनुपर्ने बारे पनि राय राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!