Thursday, October 6

गठबन्धन जोगाउन माओवादीकाे नयाँ चाल – ‘लठ्ठी पनि नभाँचिने सर्प पनि मर्ने’

काुठमाडौं ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पास नभए सत्तारुढ गठबन्धन फुट्ने निश्चित भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्रले नयाँ रणनीति अपनाएको छ ।

‘लठ्ठी पनि नभाचिँने सर्प पनि मर्ने’ रणनीति अंगालेको माओवादीले अब संसद्बाट एमसीसी पास गर्न सत्तारुढ नेपाली कांग्रेसलाई बाटो खोलिदिने माओवादी मन्त्रीहरुले अध्यक्ष प्रचण्डलाई भनेको बताइएको छ ।

अब माओवादीले आफूसँगै अन्य सत्तारुढ दललाई प्रतिनिधिसभाको बैठकमा एमसीसी अनुमोदन हुने दिन अनुपस्थित हुन आग्रह गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन जोगिने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाइसकेको पनि बताइएको छ ।

संसद्मा एमसीसी अनुमोदन गर्ने दिन कांग्रेसबाहेकका सत्तारुढ दल अनुपस्थित भएमा र कांग्रेस एक्लैले ध्वनी मतका साथ एमसीसी पास गरे सबै द्वोष कांग्रेसमाथि खनिने विश्लेषण पनि भएको बताइएको छ ।

संसद्मा माओवादी, नेकपा (एकीकृत समाजवादी), नेमकिपा, राष्ट्रिय जनमोर्चा अनुपस्थित हुने र नेकपा एमालेले विरोध राख्दा कांग्रेसको मात्र ध्वनि मतको आधारमा एमसीसी पास हुनेछ ।

माओवादीसहित अन्य सत्तारुढ दललाई गठबन्धनको सरकारबाट बाहिरिएको अवस्थामा एमाले फेरि सरकारमा हाबी हुने स्थिति पैदा भएपछि माओवादीले त्यसतर्फ चनाखो भई यस्तो निर्णय गर्न बाध्य भएको बताइएको छ । तर, माओवादीले सार्वजनिक रुपमा भने गठबन्धन जोगाउने नै भनेको छ ।

प्रधानमन्त्री देउवा जसरी हुन्छ एमसीसी संसद्बाट पास गराएर अमेरिकालाई खुसी राख्न उद्धत छन् ।

प्रधानमन्त्री देउवा एमसीसी पास गर्न भनि घरि बालकोट र खुमलटार भेटवार्तामा दौडधुप गर्दै आएका छन् ।

शुक्रबारको बैठकमा माओवादीका नेता शक्ति बस्नेतले भने गठबन्धन कायम राख्दै अनेकन विकल्पमा छलफल गर्ने र एउटा निकास निकाल्ने प्रयत्न गरिने विषयमा छलफल भएको बताएका छन् ।

उनका अनुसार यदि गठबन्धन जोगाउनै नसकिने अवस्था आए त्यो अर्काे कुरा भयो, अन्यथा यसलाई कायम राखेर अनेकन विकल्पमा छलफल गर्ने निर्णय भएको छ ।

यद्यपि, बैठकमा एमसिसी सम्झौतालाई जसरी हुन्छ निकास दिने विषयमा माओवादीका नेताहरु एक मत देखिएका छन् ।

कार्यक्रमका शिलशिलामा धनगढी पुगेका नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं चाँडो फर्कन फोन गरेका थिए ।

काठमाडौँ फर्किएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!