Friday, October 7

ओली दलबलसहित देउवासँग निर्णायक वार्ता गर्न बालुवाटारमा

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

संसद् भवनस्थित कार्यालयमा नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग छलफल गरेर ओलीसहित नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुगेका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहिताका शीर्ष नेताहरूअघि ओलीले देउवासँग छलफल गरेका थिए । उनीहरूबीच पुनः साँझ छलफल गर्ने सहमति भएको थियो ।

नेम्वाङले भने – प्रचण्डसँगको छलफल सकारात्मक भयो

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा (माओवादी केन्द्र) सँगको छलफल सकारात्मक भएको प्रतिक्रिया जनाएका छन् ।

नयाँ बानेश्वरमा बिहीबार बेलुकी दुई पार्टीका शीर्ष नेताबीचको भएको छलफल सकारात्मक तर निष्कर्षमा नपुगिएको नेम्वाङ बताएका हुन् ।

‘एमसीसी, राष्ट्रिय विषय र सदनको गतिरोध हटाउनेलगायत विषयमा कमरेड प्रचण्डहरूसँग सकारात्मक छलफल भयो र त्यसलाई निरन्तरता दिने कुरा भयो,’ उनले भने, ‘विगतका कुराहरूदेखि अहिलेसम्मका समीक्षा गरियो । अहिले नै निष्कर्षमा पुगिएको छैन’

बैठकमा बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी थिए ।

‘दाहाललगायतका अरु नेतासँग निकै लामो समय छुट्टाछुट्टै र सामूहिकरूपमा कुराकानी भयो । धेरैपछि शीर्ष तहमा धेरै गम्भीरतापूर्वक कुराकानी भएको हो,’ उनले भने, ‘प्रचण्ड कमरेडहरूसँग छलफल सुरु भएको छ ।’

एमाले-माओवादीको छलफलअघि कांग्रेस र एमालेबीच बानेश्वरमै छलफल भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!