Monday, October 3

गठबन्धन समाप्त भएको गगनको घोषणा, साँझ ओलीसँग पुनः वार्ता हुने

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताएका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सन्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

आजै साँझ साढे ७ बजेट प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच फेरि वार्ता हुने उनले बताए ।

थापाका अनुसार एमसीसी अनुमोदन गर्ने विषय अब नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनीयतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको प्रधानमन्त्रीले बताएका छन् ।

थापाले भने–सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नु पर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानम्न्त्रीले ।

आजै साँझ उहाँहरु दुईजनाको वार्ता हुन्छ । अब सरकार रहने कि नरहने,अंकगणित के हुने भन्दा पनि हाम्रो अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा भइसक्यो भन्ने उहाँको धारणा हो ।

थापाले अब अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको र यो अघि बढ्ने अवस्था नरहेको बताए ।

गठबन्धनको भविष्य आज रातिसम्म टुंगो लाग्छ : मीन विश्वकर्मा

सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सत्ता गठबन्धनको भविष्यको बारेमा रातिसम्म टुंगो लाग्ने बताउनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य विश्वकर्माले सत्ता गठबन्धनको भविष्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को हातमा रहेको बताउनुभयो ।

‘गठबन्धनको भविष्य भोलि होइन, आजै रातिसम्म टुंगो लाग्छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूले एमसीसीको पक्षमा आउँछौं भनेर विज्ञप्ति निकालेको खण्डमा सत्ता गठबन्धन कायम रहन्छ, होइन भने गठबन्धट टुट्छ ।’

एमसीसीको विषयमा सहमति जुट्न नसकेपछि बिहीबार तोकिएको प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच बानेश्वरमा छलफल सुरु भएको छ । सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएपछि कांग्रेसको तर्फबाट सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

यस्तै, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ सहभागी छन् ।

दुई दलबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) अनुमोदनको सन्दर्भमा छलफल हुनेछ । साथै एमालेको मागको सन्दर्भमा पनि छलफल हुने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!