Sunday, October 2

संसद बैठक रोकेर संसद भवनभित्रै वार्तामा बसे देउवा र ओली, अन्तिम सहमति प्रयास

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले वार्ता भइरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा देउवा र ओलीबीच संवाद भइरहेको एक सांसदले जानकरी दिए ।

छलफलमा कांग्रेसका तर्फबाट सांसद गगन थापालगायत पनि सहभागी छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगन गरेर उनीहरू संवादमा जुटेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न सहयोग नगर्ने भएपछि देउवा–ओली संवादमा जुटेका हुन् ।

“सहकार्यको निर्णायक प्रयासका रूपमा यसलाई बुझे हुन्छ,” स्रोतले भन्यो ।

योगेशले भने: देउवाले ब्ल्याङ्क चेक मागेका छन्, हामीले दिँदैनौं

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्याङ्क चेक’ मागेको बताएका छन् ।

संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पारेका हुन् ।

प्रधानमन्त्रीजीले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभएको छ । एमालेले ब्ल्याङ्क चेक दिदैन । ब्ल्याक एण्ड ह्वाइटमा सहमति हुनुपर्छ’, भट्टराईले भने ।

‘गठबन्धन भत्काउन एमालेले कतै धुप नबालेको भन्दै भट्टराई गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको बताए ।

गुटका संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ । यो गठबन्धन भत्काउन हामी लागेको छैनौं तर भत्कनु मुलुकको हितमा हुनेछ’, उनले भने ।

एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भन्दै भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्न सकारात्मक पहल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!