Monday, September 26

सरकारको आग्रहमा संसद बैठक अचानक स्थगित

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।

सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रधानमन्त्रीको आग्रहबारे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिएको जनता समाजवादी पार्टीका सांसद बाबुराम भट्टराईले जानकारी दिए।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले नै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!