Tuesday, October 4

पल शाहले सार्वजनिक गरे आफूलाई फसाउने दुर्गेश थापासहित चार जनाको नाम

एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्‍नेहरूको नाम सार्वजनिक गरेका छन् ।

पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् ।

दुर्गेश थापा, सरोज ओली, कृष्‍ण जोशी र सम्राट चौलागाईंले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले उल्लेख गरेका छन् ।

‘ममाथि लगाइएको ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’ पलले लेखेका छन् ‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जबरजस्ती गर्न खोज्यो,

हाम्रो सम्बन्ध २ वर्ष अगाडीदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो’ पलले फेसबुकमा लेखेका छन् ‘घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत विभिन्‍न सुन्‍नै नसकिने कुराहरू भनिएको छ

त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ।

तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औँलाइदिनुहोला । यदी म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्‍न तयार छु ।’

पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी परेको थियो ।

एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!