Thursday, September 29

आफ्नै साथी दुर्गेश थापाले यसरी फसाए पललाई

एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्‍नेहरूको नाम सार्वजनिक गरेका छन् ।

पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् ।

दुर्गेश थापा, सरोज ओली, कृष्‍ण जोशी र सम्राट चौलागाईंले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले उल्लेख गरेका छन् ।

‘ममाथि लगाइएको ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’ पलले लेखेका छन् ‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जबरजस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडीदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो’ पलले फेसबुकमा लेखेका छन्

‘घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत विभिन्‍न सुन्‍नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औँलाइदिनुहोला । यदी म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्‍न तयार छु ।’

पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी परेको थियो । एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।

यस्तो छ पलको अपील

नमस्कार म पल शाह
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।

यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।

र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!