Wednesday, October 5

नेपालसहित विदेशी नागरिकलाई जापान प्रवेशमा रोक लगाइने

काठमाडौं । जापान सरकारले आफ्नो देशमा कोरोनाभाइरसको नयाँ स्वरुप भेटिएसँगै नेपालसहित विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने भएको छ ।

सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

विश्वका अधिकांश मुलुकहरुमा लागू हुने यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहने जापानी विदेश मन्त्रालयले जनाएको छ ।

जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् ।

तर, उनीहरुले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए ।

उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!