Thursday, September 29

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले मनायो आफ्नो १४ औं स्थापना दिवस !  

गोविन्द कंडेल । फागुन ११, वामीटक्सार गुल्मी ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखाले आफनो स्थापनाको १३ औं बर्ष पूरा गरी १४ औं बर्षमा प्रवेश गरेको अवसरमा वामीटक्सार स्थित शाखा कार्यालयमा एक कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको आज देशभरमा रहेका शाखाहरुमा वार्षिकोत्सव मनाउने कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । लुम्बिनी प्रदेशको पहिलो राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रधान कार्यालय रूपन्देही जिल्ला, बुटवल उप महानगरपालिका वडा नं. ११ कालिकानगर स्थित आफ्नै भवनमा रहेको छ ।

वि.सं २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र विसं २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्जर भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो  ।

त्यसपछि शाइन रेसुङ्गाले विसं २०७३ जेठमा प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । यस्तै बैंकले २०७५ मा तीन जिल्ला कार्यक्षेत्र रहेको पूणिर्मा विकास बैंक र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी २०७६ असोजबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

आज वामीशाखाको आयोजनाको सम्पन्न वार्षिकोत्सव समारोह मुसिकोट नगरपालिका वडा नं. ७ का सवैभन्दा जेष्ठ नागरिक लालचन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ज्येष्ठ नागरिक श्रेष्ठले केक काटेर शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

वैंकका शाखा प्रवन्धक ध्रुव आचार्यको अध्यक्षता रहेको कार्यक्रमको संचालन कर्मचारी सुर्य प्रसाद खनालले गर्नु भएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा वैंकका कर्मचारी,सञ्चारकर्मी, स्थानिय वुद्धिजिवी एवं शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!