Thursday, September 22

माधब नेपाल भन्दा ओलि नै ठिक – झलनाथ खनाल

काठमाडौं फागुन ८

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको संसद बैठकको निर्णयमा आपत्ति जनाएका छन् ।

आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति उनले कडा आपत्ति जनाएका हुन् ।

खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाए ।

संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उनको भनाइ छ । खनालले एमसीसी टेबुल हुने बेला संसदमै नाराबाजी समेत गरेका थिए ।

एमसीसी संसदमा टेबल गर्ने सहमती पछि प्रतिक्रिया दिँदै खनालले भने ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमारु संसद् त चल्दैन कहाँबाट टेबल हुन्छरु, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन ।’

स्रोतका अनुसार खनालले नयाँ पार्टी गठनको तयारी गरेका छन् ।

माधव नेपालको एकलौटी र राष्ट्रघाती कदममा साथ दिएको भन्दै रुष्ट बनेका खनालले माधवभन्दा त ओली नै ठिक भएको प्रतिक्रिया निकटस्थहरुलाई दिएका छन् ।

विश्वस्त स्रोतका अनुसार खनालले भीम रावल, घनश्याम भुसालसहितलाई लिएर आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने तयारी गरेका छन् ।

माधव नेपालले जनतामाथि घात गरे – झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको छ ।

नेता झलनाथ खनालले पार्टीको निर्णय विपरीत आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने गठबन्धनका शीर्ष नेताहरूको निर्णयप्रति आपत्ति जनाउँदै पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको हो ।

नेता खनालले संसद्मा एमसिसी टेबल गर्ने कार्य राष्ट्रघाती कदम भएको बताउनुभएको छ। एमसीसी संसद्मा टेबल गर्ने शीर्ष नेताहरूको सहमति पछि प्रतिक्रिया दिँदै खनालले भन्नुभयो ‘कहाँ टेबल गर्छन् , उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’

खनालले यथास्थितिमा एमसिसी संसद्मा टेबल गर्न नहुने बताउँदै त्यस्तो खालको सहमतिलाई आफूले स्वीकार नगर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!