Wednesday, October 5

मुसिकोट कोरोना अपडेट : २०७८ फागुन ८ गते  !

गोविन्द कंडेल, मुसिकोट गुल्मी ।

८ फागुन २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप १ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ३ जनाको आज मुसिकोटका विभिन्न स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका १ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिए पश्चात नगरपालिकामा नियमित रुपमा कोरोना परिक्षण गर्ने गरिएको छ । आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. ३ का १ जना पुरुष रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारि गराएको छ ।

मुसिकोट नगरपालिकाले ९ वटा वडाका सवै स्वास्थ्यचौकीमा नै एन्टिजेन परिक्षणको सुविधा उपलव्ध गराएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!