Friday, October 7

गठबन्धनले सहमति गरेपनि सभामुखले एमसीसी संसदमा नलैजाने

काठमाडौं ।

सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयता परियोजना (एमसीसी) संसदमा टेबल गर्ने सहमति बनेपछि सभामुख अग्नि सापकोटाले भने एमसीसी सदनमा नलग्ने भएका छन् ।

सरकारले आजको सदनमा पेस गर्ने तयारी गरिरहेको बेला सभामुख सापकोटाले एमसीसीमात्रै सदनमा नलैजाने अडान राखेका हुन् ।

अहिले बानेश्वरमा प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ ।

सभामुख र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि उनले एमसीसीमात्रै सदनमा नलैजाने अडान राखेका हुन् ।

सभामुख सापकोटा सदनको अवरोध खुल्नुपर्ने र अन्य महत्वपूर्ण विधेयक पनि छलफलका लागि लैजानुपर्ने अडानमा छन् ।

नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदीय समितिमा अड्किराखेको भन्दै ती विधेयक पनि एमसीसीसँगै पेस गर्नुपर्ने उनको अडान छ ।

एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनभित्रै बबण्डर

– एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनमा बबण्डर मच्चिएको छ ।

गठबन्धनका केही नेताहरू बसेर गरेको सहमतिले अन्य नेताहरू असन्तुष्ट बनेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन्।

यस्तै माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पनि कार्यव्यवस्था समितिमै फरक मत राख्ने बताएकी छन् ।

त्यतिमात्रै होइन माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि असहमती जनाएका छन् ।

खनालले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै असहमति जनाएका हुन्।

उनले भने, यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ रु यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!